कृषीन्युज

धान रोपाईंको चटारो वीच रासायनिक मल अभाव

असारको दोस्रो साता लागेसँगै धान रोपाईंको चटारो बढ्दै जाँदा किसान रासायनिक मलविहिन अवस्थामा पुगेका छन् । आवश्यक रासायनिक मल व्यवस्थापनमा काम गर्दै आएका सरकारी निकायले नै माग अनुसार उपलब्ध गराउन नसक्दा यसवर्ष शुरुबाटै मल अभाव भएको हो । सरकारले टेन्डर प्रकृयाबाट मल खरिद गरेको भएपनि समयमा आयात हुन नसक्दा अभाव देखिएको साल्ट टे«डिङ कर्पोरेसनका प्रवक्ता कुमार राजभण्डारीले बताउनुभयो । प्रवक्ता राजभण्डारीले अहिलेको समयमा माग बढ्ने कुरालाई ध्यानमा राखी, समयमै एलसी खोलिएको भएपनि कोभिड १९ को महामारीका कारण मल आउन नसकेको जानकारी दिनुभयोे ।

यता लेवरको अभावमा लोड गर्न समस्या भएपछि अढाई महिनादेखि मल आएर भारतको कोलकत्तामा थन्किएको छ । प्रवक्ता राजभण्डारीका अनुसार सप्लायर्सले साल्ट ट्रेडिङमार्फत २१ हजार ५ सय टन युरिया आउनुपर्ने भएपनि कहाँबाट ल्याउने भन्ने अझै टुंगो नलागेको बताइएको छ । ओमनबाट आउन अझ बढि समय लाग्ने भएपछि सप्लायर्सले अन्यत्रका लागि गुजरात बन्दरगाहबाट ल्याएको मल उपलब्ध गराउन सक्ने जानकारी दिएको छ ।

मन्त्रालयले त्यसका लागि आवश्यक समन्वय गरिरहेको पनि कर्पोरेसनले जनाएको छ । साल्ट टे«डिङसँग अहिले ५ हजार टन युरिया, ८ हजार टन डिएपी र १ हजार ४ सय टन पोटास मौज्दात रहेको छ । तर समयमा मल आईनपुग्दा किसानले भने मल बिनानै रोपाई गरिरहेका छन ।



Comment here