न्युज

नेपालगञ्ज उपमहानगरपालिकाको आज प्रथम नगरसभा हुँदै

Radio Bageshwori FM 94.6 MHz

नेपालगञ्ज, मंसीर–८ । नेपालगञ्ज उपमहानगरपालिकाले करिव दुई अर्ब ७७ करोड ९ लाख एक हजार ५ सय ९६ को आय, व्यवप्रस्ताव प्रस्तुत गरेको छ । स्थानीय तहको निर्वाचनपछि आज नेपालगञ्ज आयोजित भव्य प्रथम सभा समारोहमा उपमहानगरपालिकाले चालु ०७४÷०७५ को लागि आन्तरिक तथा बाहय श्रोतबाट कुल आय दुई अर्ब ७७ करोड ९ लाख एक हजार ५ सय ९६ हुने अनुमान गरेको हो । प्रथम सभामा उपमहानगरपालिकाका उप प्रमुख उमा थापामगरले चालु वर्षमा आन्तरिक श्रोतको आय १३ करोड ५१ लाख ७५ हजार, बाहय श्रोतबाट प्राप्त हुने ऋण तथा अनुदान गरि दुई अर्व ५७ करोड ५८ लाख ५६ हजार समेत कुल आय दुई अर्व ७७ करोड ९ लाख हुने अनुमान वजेट सार्वजनिक गर्नु भयो । अनुमानित वजेट अन्तगर्त चालु खर्च ५६ करोड १७ लाख १९ हजार र पुँजीगत खर्च दुई अर्व २० करोड ९१ लाख ८२ हजार ५ सय ९६ हुने अनमान गरिएको छ ।



Comment here