न्युज

बाजुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते

साउन ३, २०७६
बाजुरामा आज भएको जीप दुर्घटनामा परेका घाइतेहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पुगेको छ । बाजुराको जगन्नाथ गाउँपालिका(५ भुकाखोलामा जिप दुर्घटना हुँदा गम्भीर घाइतेहरुलाई उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर पुगेको हो । उनीहरुलाई थप उपचारका लागि नेपालगञ्ज ल्याइने भएको छ । कोल्टीको पिलुचौरबाट कालिकोटको जितेगडा जाँदै गरेको क १ ज २१ नम्बरको जिप दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । बाजुरका प्रहरी प्रमुख उद्धवसिंह भाटका अनुसार दुर्घटनामा ११ जना घाइते भएका छन् । जीपमा सवार १५ जना मध्ये २ जना सकुसल रहेका छन् । जीप उकालोमा चढ्न नसकेर कर्णाली करिडोरको सडकबाट ५० मिटर तल खसेको बताएको छ । बाजुरा जीप दुर्घटनामा मृत्यु हुनेमा चालक कैलालीको टीकापुर(४ कार रमेश बोगटी र यात्रु मुगुको खत्याड गाउँपालिका(६ का २४ वर्षीय रामबहादुर शाही रहेको जीप सञ्चालक हस्तबहादुर बमले बताए



Comment here