न्युज

राप्तीसोनारीका वडाअध्यक्षमाथि आक्रमण

Radio Bageshwori FM 94.6 MHz

नेपालगञ्ज, कार्तिक २४–निर्माण व्यवसायी तथा बाँके राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ का वडाअध्यक्ष महाविर वलीमाथि आक्रमण भएको छ । कोहलपुर नगरपालिका ११ मा रहेको वलीको आफ्नैे निवासमा गएराती साढे आठ बजे अज्ञात समुहले आक्रमण पछि गोली प्रहार गरेको हो ।
मिस फायरका कारण गोली वलीको शरिरमा नलागेपनी भौतिक आक्रमणबाट वडाअध्यक्ष वली घाइते भएको पारिवारीक स्रोतले जनाएको छ । आक्रमणपछि अर्को व्यक्तिले पेस्तोल निकालेर गोली प्रहारको प्रयास ग¥यो तर मिस फायर भयो र म बाँचे वडाअध्यक्ष वली भन्नुभयो । वलीको निवास इलाका प्रहरी कार्यालय कोहलपुरभन्दा १ सय मिटरको दुरीमा रहेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी यज्ञ प्रसाद भट्टराईले भने वडाअध्यक्ष वलीमाथि आक्रमण मात्र भएको र गोली प्रहार नभएको बताउनुभएको छ । आक्रमण मात्र भएको हो की गोली प्रहार समेत भएको हो भनेर अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । घटनास्थलभन्दा केही पर खाली ठाउँमा पेस्तोलमा लाग्ने गोली समेत भेटिएको छ । आक्रमणकारीहरु मोटरसाइकल चढेर भागेको प्रहरीले जनाएको छ ।



Comment here