न्युजस्वास्थ्य

राष्ट्रिय रोग नियन्त्रण केन्द्र स्थापना मस्यौदा समिति गठन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारी तथा रोग नियन्त्रणको मूल जिम्मेवारी सहितको राष्ट्रिय रोग नियन्त्रण केन्द्र स्थापनाका लागि मस्यौदा समिति गठन गरेको छ। मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्र रमण सिंहको संयोजकत्वमा समिति गठन गरेको हो।  समितिमा डा केदार बराल, डा सुरेश तिवारी, घनश्याम पोखरेल, डा गुणनिधि शर्मा र  डा विराज कर्माचार्य सदस्य छन्। डा अमृत पोखरेल समितिका सदस्य सचिव हुन्।



Comment here