न्युज

विद्यार्थी संघ बाँकेले आज बृहत विरोध प्रदर्शन गर्ने

Radio Bageshwori FM 94.6 MHz

भदौ ३०, २०७६
बाँके , नेपाली काँग्रेस पार्टी सभापति किरण कोइरालाको हात भाँचिने गरी भएको घटनामा संग्लनलाई तत्काल कारवाही गर्न दवाव दिनका लागि नेपाल विद्यार्थी संघ बाँकेले आज बाँकेमा बृहत विरोध प्रदर्शन गर्ने भएको छ । नेपाल विद्यार्थी संघ बाँकेका अध्यक्ष पूर्ण प्रसाद आचार्यका अनुसार सभापति किरण कोइराला लगायत नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई आक्रमण गर्ने मुख्य दोषिलाई तत्काल कारवाही गरिनुपर्ने माग सहित नेविसंघले विरोध गर्न लागेको आचार्यले बताए । अध्यक्ष आचार्यका अनुसार पार्टी कार्यालय नेपालगञ्जबाट विरोध (यालि सुई भई जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको छ । घटनामा संग्लनलाई कारवाही गर्नुपर्ने माग सहित नेविसंघले विरोध प्रदर्शन गर्ने आचार्यले बताए ।



Comment here