Friday, June 18

राजनीति

लुम्बिनीमा भएको ‘अन्तर्घात’ बारे छानविन गर्ने बालुवाटार बैठकको निर्णय
मुख्य समाचार, राजनीति

लुम्बिनीमा भएको ‘अन्तर्घात’ बारे छानविन गर्ने बालुवाटार बैठकको निर्णय

नेकपा एमालेको स्थायी कमिटीको बैठकले पार्टी एकताका लागि लचकता अपनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसँग एकताका लागि पहल गर्ने निर्णय गरेको हो। एमालेका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकले अन्तिमसम्म पनि पार्टी एकताका लागि पहल गर्ने निर्णय भएको बताए। अदालतमा भइरहेको प्रतिनिधिसभा विघटनका बारेमा पनि बैठकमा छलफल भएको थियो। आफूले भनेकै न्यायाधीश हुनु न्योयोचित नहुने बैठकले निष्कर्ष निकालेको ज्ञवालीको भनाई छ। 'आफूले भनेको न्यायाधीश नै चाहिन्छ भन्ने स्वातन्त्र न्यायपालिकासँग मेल खाँदैन। पार्टी एकताका बारेमा  भएको छलफलका बारेमा पनि विवचेना भएको छ,' उनले भने। बैठकमा सरकारले ल्याएको बजेटका बारेमा पनि छलफल भएको थियो। लुम्बिनीमा  सोमवार भएको राष्ट्रियसभाको उप निर्वाचनमा अन्तर्घात गर्नेमाथि छानविन हु...
ई–पासपोर्ट छाप्न हतार नगर्न राहदानी विभागलाई सुझाव
बागेशोरी खबर, राजनीति

ई–पासपोर्ट छाप्न हतार नगर्न राहदानी विभागलाई सुझाव

सांसदहरुले विद्युतीय राहदानी (ई–पासपोर्ट) छाप्न हतार नगर्न राहदानी विभागलाई सुझाव दिएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बिहीबार राहदानी विभागका महानिर्देशक रामकाजी खड्कासँग विद्युतीय राहदानी छपाईको आवस्यकताको विषयमा छलफल गरेको छ । छलफलका क्रममा सांसदहरुले अहिले पनि अझै २÷३ वर्षलाई पुग्ने यन्त्रवाचक राहदान (एमआरपी राहदानी) मौज्दातमा रहेकाले हतारमा छाप्ने प्रक्रिया अगाडि नबढाउन सुझाव दिएका हुन् ।  सांसदहरुले कोरोना रोकथाम तथा नियन्त्रणका लागि बजेट रकमान्तर हुन नसकेको अवस्थामा महँगो मूल्यको विद्युतीय पासपोर्ट छापेर राज्यको ढुकुटीमा दवाव नपार्न महानिर्देशक खड्कालाई सुझाव दिएका हुन् । सरकारसँग अहिले ५ लाख ५० हजार ८ सय ८५ थान एमआरपी राहदानी मौज्दातमा रहेको छ । जसमध्ये कुटनीतिक ४ हजार ३ सय १९, विशेष १ हजार ७ सय १२, साधारण ५ लाख २१ ह्जार ७ सय ९४, र यात्रा ...
बागेशोरी खबर, मुख्य समाचार, राजनीति
बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिलाउनलाई नेपालगन्ज उपमहानगरपालिकाले नीतिगत रूपमै पहल थालेको छ।  उपमहानगरपालिकाले नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रस्तावित लुम्बिनी प्रदेशको राजधानी नेपालगन्जलाई नबनाइएकाले बुटवललाई राजधानी स्वीकार गर्न नसक्ने नीति पारित गरेको छ। उपमहानगरपालिकाले बुधबार गरेको सातौं नगर सभामा सार्वजनिक नीति तथा कार्यक्रममा उल्लेख गरेअनुसार उक्त प्रदेशको राजधानी नेपालगन्ज नभए बाँके र बर्दियाका लागि प्रदेश सरकारले जति ललिपप बाँडे पनि कर्णाली प्रदेशमा मिसिनुको विकल्प नभएको जनाएको छ। बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउन चौतर्फी पहल र दबाब आइरहेको अवस्था र कर्णाली प्रदेशले पनि समाहित गर्न सहमति जनाइसकेको हुँदा प्रस्तावित लुम्बिनी प्रदेश सरकारले बाँकेको नेपालगन्जलाई राजधानी घोषणा नगरे नेपालगन्ज उपमहानगरको नेतृत्वमा फेरि सशक्त आन्दोलन अघि बढ्ने चेतावनी नीति ...
चीनबाट हाम्रो सीमाना मिचिएको छैन : परराष्ट्र मन्त्रालय
मुख्य समाचार, राजनीति

चीनबाट हाम्रो सीमाना मिचिएको छैन : परराष्ट्र मन्त्रालय

सरकारले उत्तरी छिमेकी चीनले नेपाली भूमि नमिचेको बताएको छ।   चीनले विभिन्न ठाउँमा नेपाली सीमा मिचेको समाचार आएको  र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभामा सोही विषय संकल्प  प्रस्ताव दर्ता गरेको सन्दर्भमा परराष्ट्र मन्त्रालयले  बिहीबार विज्ञप्ति जारी गर्दै चीनले सीमा अतिक्रमण गरेको कुरामा सत्यता नभएको बताएको हो। ‘समाचारमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रतिवेदनलाई आधार बनाइएको भनिएको छ। उक्त मन्त्रालयले त्यस्तो कुनै प्रतिवेदन नै अस्तित्वमा नरहेको बताएको छ र सीमाको विषय उक्त मन्त्रालयको क्षेत्राधिकारमा पनि पर्दैन,’ मन्त्रालयले भनेको छ,‘३७ र ३८  नम्बरका सीमा पिलर हराएको भन्ने पनि आएको छ। तर ती पिलर प्राकृतिक कारणले दुबै देशको सहमतिमा राख्दै  राखिएको थिएन।’ यदि दुई देशबीच कुनै समस्या देखिए सरकारले सम्बन्धित अधिकारीहरूसँग वार्ता गरेर समाधान निकाल्ने मन्त्रालयको भन...
बागेशोरी खबर, राजनीति

‘सशस्त्र द्वन्द्वमा संलग्न नौ हजारको गोप्य सूची संयुक्त राष्ट्रसंघमा’

द्वन्द्वकालिन मुद्दाहरुको समयमै टुंगो लगााउन नसके देश गम्भीर जटिलतामा फस्ने विज्ञहरुले चेतावनी दिएका छन्। विज्ञहरुले संसदको महिला तथा सामाजिक समितिमा धारणा राख्दै संयुक्त राष्ट्रसंघले नेपालका सम्पूर्ण गतिविधिहरु नजिकबाट नियालिरहेको उल्लेख गर्दै द्वन्दकालिन मुद्दाहरुको समयमै टुंगो लगाउनु पर्नेमा जाेड दिएका हुन्। द्वन्द्वकालिन समयमा विभिन्न क्षेत्रमा नेतृत्व गरेका व्यक्तिहरुको गोप्यसूची संयुक्त राष्ट्र संघले तयार गरेकोले तत्काल संक्रमणकालिन न्यायलाई टुंगोमा पुर्‍याउन नसके देश संकटमा पर्ने सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्वअध्यक्ष डा. सूर्य किरण गुरुङले बताए। सुरक्षा निकायका प्रमुख, निजामति सेवाका उच्चपदस्थ अधिकारी तथा द्वन्द्वकालिन समयका राजनीतिक नेताहरु लगायत नाै हजार व्यक्तिकाे सूची संयुक्त राष्ट्रसंघले गोप्यरुपमा तयार पारेको उल्लेख गर्दै उनले समयमै संक्रमणकालिन न्यायलाई टुंगो लगाउन नस...
प्रदेश नं. ५, काँग्रेस संसदीय दलको प्रधानमन्त्रीसँग १० बुँदे माग
बागेशोरी खबर, राजनीति

प्रदेश नं. ५, काँग्रेस संसदीय दलको प्रधानमन्त्रीसँग १० बुँदे माग

नेपाली काँग्रेसले कोरोना संक्रमण समुदायमा फैलिनबाट रोक्न क्वारेन्टिनमा बसेका सबै नागरिकको पीसीआर परीक्षण गर्नुपर्ने लगायत १० बुँदे मागसहितको ध्यानाकर्षणपत्र सरकारलाई बुझाएको छ । नेपाली कांग्रेस, प्रदेशसभा संसदीय दलका कार्यवाहक नेता बीरेन्द्रकुमार कनौडियाले मंगलबार प्रदेश ५ का मुख्यमन्त्रीमार्फत प्रधानमन्त्रीलाई १० बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । प्रदेश ५ कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै काँग्रेसले आरडीडीको साटो क्वारेन्टाइनमा राखिएका सबैको पीसीआर विधिबाट परीक्षण गरेर मात्र घर पठाउन माग गरेको छ । काँग्रेसले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार क्वारेन्टाइनको उचित व्यवस्थापन र सञ्चालन गर्न, महिला र पुरुषलाई छुट्टाछुट्टै बस्ने व्यवस्था गर्न, नियमित स्वास्थ्य निगरानी, आवश्यक औषधी र एम्बुलेन्सको अनिवार्य व्यवस्था गर्न माग गरेको छ । पत्रमा कोरोना संक्रमितको उपचार...